अष्ट्रेलियामा सम्पुर्ण छायाँकन गरिएको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक भएको छ । बिहिबार चलचित्रको टिजर आउट गर्दै प्रदर्शन मिति पनि तय गरिएको हो । देव कुमार श्रेष्ठ निर्देशित चलचित्र पुष १४ गते अंग्रेजी नयाँ वर्ष २०१८ पारेर प्रदर्शन हुने छ । चलचित्रको टिजरमा क्रिकोणात्मक लभ स्टारी देखाइएको छ । 


आरके एम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा रती थापाको लगानी छ भने एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् । चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, ईश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन गरेका हुन् भने यसमा विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।