पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा 'बन चरी' बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दसैँ र तिहारको झल्को दिन्छ । गायिका चौहानको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनेत्री लक्ष्मी बर्देवा र अन्जु देउजाको अभिनय रहेको छ । भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीत बिजु कर्मचार्यले एरेन्ज गरेका हुन् ।
गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ । चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महसुस गर्न सकिन्छ। साथमा गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।