पवन भाट र समीक्षा अधिकारीको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'मुटु मेरो चलाउने' बोलको गीत बिहिवार युट्युबमा सार्वजनिक गरिएको हो । दर्पण यात्रीको शब्द रचना भएको गीतमा सङ्गीत तथा एरेन्ज पवन भाटकै रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा देवेन्द्र बब्लु र गीता ढुङ्गानाको अभिनय रहेको छ । राम कुमार केसीले खिचेको भिडियोको निर्देशन शर्मा जीले गरेका हुन् । माया प्रेमको कुरा र भर्खर प्रेममा परेका जोडीको मनको भाव बोकेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।