दीपकराज पाठकको शब्दमा 'भोटे ताल्चा' बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज छ । गीतलाई बिपिन आचार्यले सङ्गीत बद्ध गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा शिशिर भण्डारीका साथमा ६ मोडलहरू फिचर्ड छन् । पछिल्लो समयको साङ्गीतिक बजारको विकृतिलाई व्यङ्ग गरिएको गीतमा लक्ष्मण अधिकारी, स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका हुन् भने गीतमा कोरियोग्राफी र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।