गायक दुर्गेश थापा, डेभिड शङ्कर, बेनिशा पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'किन यस्तो भो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सरोज वलीको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको म्युजिक भिडियो निकै प्रतिक्षित थियो । यस म्युजिक भिडियोमा निकै चर्चित अनुहारहरू नायक पल शाह, दुर्गेश थापा, एलिजा गौतम, सुधीर श्रेष्ठ, हरि खड्का, ऋषि धमला लगायत फिचर्ड छन् । श्याम श्वेत रसाइलीको एरेन्ज रहेको म्युजिक भिडियोलाई सरोज वलीले निर्देशन गरेका हुन् । भने कोरियोग्राफी  सुनिल क्षेत्रीको रहेको छ ।  नवराज उप्रेतीले खिचेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । दशरथ रङ्गशालामा खिचिएको डान्सिङ नम्बर निकै रमाइलो र सुन्दर बनेको छ ।  गीत सार्वजनिक भएको केहि घन्टामा नै ट्रेन्डिङमा पर्न सफल भएको छ ।