पछिल्लो समय निकै लोकप्रिय माध्यम बनेको टिकटकलाई विषय बनाएर गीत म्युजिक भिडियो निर्माण भएको छ । गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा 'टिकटक बहस' नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । टिकटकका फाइदा र बेफाइदालाई विषय बनाएर यसले परिवारमा ल्याउन सक्ने समस्या गीत मार्फत प्रस्तुत गरिएको छ भने गीतले टिकटक राम्रोसँग प्रयोग गरेमा यो एक मनोरञ्जनको  माध्यम बन्ने पनि उल्लेख गरिएको छ । गीतमा शब्द तथा सङ्गीत गायिका परियारकै रहेको छ । गीत सुदिप सागरले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कलाकार विजय बराल, सुनिशा बजगाईँ, सुशील पोख्रेल र दिप्सन परियारको अभिनय रहेको छ । नारायण भुजेलले निर्माण गरेको य दोहोरी गीतलाई दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् । भिडियोमा बाल कलाकार ग्रीजल जिसी र आरुशी मानन्धरको पनि अभिनय रहेको छ । अनिल के. मानन्धरले खिचेको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् ।