गायिका दुर्गा खरेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'काले केटा २' बोलको प्रतिक्षित म्युजिक भिडियोमा गायिका खरेललाई गायक प्रताप दासले आवाज दिएर साथ दिएका छन् । शब्दलाई सङ्गीतको सागरमा उतार्न खप्पिस सङ्गीतकार अर्जुन पोखरेलले सङ्गीत भरेको गीतमा ध्रुवप्रसाद अम्गाईको शब्द रहेको छ । 'काले केटा–२ ‘म हिँड्दा खेरी' बोल राखिएको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा पछिल्लो समय दर्शकले निकै मन पराएका कलाकारहरू फिचर्ड छन् । भिडियोमा पल शाह, आकाश श्रेष्ठ र पूजा शर्माको दमदार अभिनय रहेको छ । निकै रमाइलो र डान्सिङ बिट रहेको गीतमा अर्जुन पोखरेलकै एरेन्ज रहेको छ । विधान कार्कीको निर्देशन तथा माधव शर्माको सहायक निर्देशनमा तयार बहेको भिडियोमा शङ्कर शाही ठकुरीको पनि अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सार्वजनिक भएको केही घण्टामा नै गीत ट्रेन्डिङमा उकालो लागेको छ । भने गीतलाई सुखद प्रतिकृया मिलिरहेको छ ।