अभिनेता पल शाह, नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा गायिका मेलिना राई र गायक सुनिल कटुवालले स्वर दिएका छन् । 'मुखैमा रामराम बगलीमा छुरा' बोल रहेको गीतमा भीम बिसीको शब्द तथा सङ्गीत रहेको छ । भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा अभिनेत्री स्वस्तिमा र अभिनेता द्वय नाजिर र पलको धमाकेदार प्रस्तुति देख्न सकिन्छ । मनोज बस्नेतले निर्देशन गरेको भिडियोलाई विनोद श्रेष्ठले निर्माण गरेका हुन् । यस म्युजिक भिडियोको छायाङ्कन अनुज तिवारी र टिमले गरेका हुन् । भिडियोमा स्वस्तिमा, नाजीर र पललाई राजीव समरले नचाएका हुन् । म्युजिक भिडियो 'एट के एभेरेष्ट मोसन पिक्चर'को युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । गीतको अडियो तथा भिडियो निकै मनोरन्जनात्मक बनेको छ।