गायक प्रताप दास र शशिकला राईले नयाँ गीत लिएर आफ्ना दर्शक श्रोतामाझ आएका छन् । 'सुपारी दाना' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सुवास भुषालको सङ्गीत रहेको छ भने सुवास गौतमको शब्द सृजना रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा कलाकारहरू बुद्धि तामाङ, सुधीर श्रेष्ठ, सृजन भट्टराई, पुरुषोत्तम श्रेष्ठ, श्रेया सिटौला, शर्मिला अधिकारी र रचना लामिछाने फिचर्ड छन् । भिडियोमा गणेश शाहीको कन्सेप्ट तथा निर्देशन रहेको छ । भिडियो छायाङ्कन तथा सम्पादक फराज अर्पणले गरेका हुन् । यस म्युजिक भिडियो गायक प्रताप दासको अफिसियल युट्युब च्यानलमा उपलब्ध छ ।