गायिका रचना रिमाल र सम्राट चौलागाईंको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'पौने चार' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक म्युजिक भिडियोमा गीतमा पल शाह, सुधीर श्रेष्ठ र श्रेया सिटौला फिचर्ड छन् । अभिनेता पल अभिनीत म्युजिक भिडियो पछिल्ला दिनहरूमा हरेक दिन रिलिज भइरहेका छन् । हप्तामा सात वटा सम्म म्युजिक भिडियोमा अभिनय गरिरहेका पलले यस म्युजिक भिडियोमा सुधीर र श्रेयासँग स्क्रिन सेयर गरेका छन् । सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । उदय राज पौडेलले एरेन्ज गरेको गीत म्युजिक भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी र निर्देशन गरेका हुन् । नवराज उप्रेती र रविन्द्र न्यौपानेले छायाङ्कन गरेको भिडियोलाई विर बहादुर थारुले सम्पादन गरेका हुन् । गीत निकै मनोरञ्जनात्मक बनेको छ ।