गायिका मेलिना राई र गायक रवि ओडको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'गालैमा डिम्पल छ' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक म्युजिक भिडियोमा रोवार्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको छ भने सङ्गीत तथा एरेन्ज सुनिल राईले गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त नायक आकाश श्रेष्ठ अर्का अभिनेता पुष्प खड्का र डिम्पल योङ्हाङ फिचर्ड छन् । गीतको भिडियोमा पुष्प, आकाश र डिम्पलला शुभ भुजेलले नचाएका छन् भने भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । बुद्ध थापाले खिचेको भिडियोलाई : बुद्ध थापा विकास धमलाले सम्पादन गरेका हुन् । यस म्युजिक भिडियो ओएस आर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ ।