अभिनेता पल शाह, आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत म्युजिक भिडियो 'काले केटा २' यति बेला निकै चर्चामा छ । शनिवार युट्युबमा सार्वजनिक गरिएको गीतले चार दिनमा नै सर्वाधिक भ्युअर्स पाउन सफल भएको छ । यति बेलासम्म गीतले करिब ११ लाख भ्युज पाइसकेको छ भने गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । गायिका दुर्गा खरेल र प्रताप दासको आवाज रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका हुन् । दर्शक श्रोताले नेपाली फिल्म इन्डस्ट्रीका तीन लोकप्रिय कलाकारले एकसाथ काम गरेको यस म्युजिक भिडियो राम्रो बनेको प्रतिकृया दिइरहेका छन् भने तीनको केमेस्ट्री निकै रुचाएका छन् ।

यस म्युजिक भिडियोलाई ५२ हजारले मन पराएका छन् बहेन ११ हजार बढी प्रतिकृया आएको छ । अधिकांश प्रतिक्रियामा पल आकाश र पूजाको प्रशंसा गरिएको छ । विधान कार्कीको निर्देशन तथा माधव शर्माको सहायक निर्देशनमा तयार भएको भिडियोमा शङ्कर शाही ठकुरीको पनि अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।