अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज)ले भर्चुअल फिल्म फेस्टिभल गर्ने भएको छ । फेस्टिभल तीन दिनसम्म चल्ने छ । भर्चुअल प्लेटफर्ममा हुने फेस्टिभलमा चलचित्र स्क्रिनिङदेखि नेपाली तथा विदेशी चलचित्रकर्मीसँग अन्तरक्रिया हुने छ । चलचित्र निर्देशक तथा कलेजका प्रिन्सिपल विनोद पौडेलले महामारीका कारण सुस्त रहेको उद्योगलाई गतिशील बनाउने अभिप्रायले चलचित्र फेस्टिभल गर्न लागेको जानकारी गराएका छन् । यही हप्ताको शुक्रवारदेखि आइतबारसम्म चल्ने फेस्टिभलमा अस्कर कलेजकै विद्यार्थीले बनाएका ९ चलचित्र प्रदर्शन हुनेछन् भने तीन दिनकै दौरानमा केही महत्त्वपूर्ण विषयमा अन्तरक्रिया पनि हुनेछन् । यस फेस्टिभल बारे निर्देशक पौडेल भन्छन्, 'यो आत्म मूल्याङ्कनको समय हो । महामारीले हामीलाई हाम्रो विगत, वर्तमान र भविष्य सबै कुरालाई चिन्तन गर्ने समय दिएको छ र प्राज्ञिक बहसमार्फत हामी हाम्रा शक्ति र कमजोरीका बारेमा कुरा गर्न सक्छौँ भन्ने लागेर भर्चुअल फिल्म फेस्टिभलको अवधारणा ल्याएका हौँ' । फेस्टिभलको पहिलो दिन पहिलो दिन शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग फिल्म स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नेछन् भने सोही दिनको दोस्रो सेसनमा आश्मा पोखरेलले महिला निर्देशक दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलसँग अन्तरक्रिया गर्नेछिन् ।

सो दिनको अन्तिम सेसनमा अङ्कित कोइराला, रिजन गजुरेल र राकेश भाजु चलचित्र देखाएपछि हुने छलफलमा सहभागी हुनेछन् ।अन्तरक्रियालाई केदार श्रेष्ठले सहजीकरण गर्नेछन् । दोस्रो दिनको पहिलो सेसनमा अरुण देव जोशीले मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अङ्कित पौडेलसँग अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलले दिलाउने अवसरका बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा शेखर खरेल फेरि एक पटक नेपाली चलचित्र उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के. खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग अन्तरक्रिया हुने छ । डेढ घण्टा चल्ने अर्को सेसनमा नवीन न्यौपानेले चलचित्र ग्र्याजुएटको रूपमा चलचित्र उद्योगमा काम गर्दा अनुभव खोतल्ने छन् । यो सेसनमा कबिर खड्का, मनिष राउत, महेश त्रिपाठी, मुकुन भुषाल र अभय बरालले आफ्नो अनुभव सुनाउनेछन् । दोस्रो दिनको अन्तिम सेसन पहिलो दिनझैँ फिल्म देखाएर सकिनेछ । यो दिन अशुका अर्याल, मार्टिन भण्डारी र गणेशजंग रावल निर्देशित चलचित्र देखाइनेछ भने प्रशन्न मालीले उनीहरूसँग अन्तरक्रिया गर्नेछन् ।आइतबारको दिन सुरुको समयमा विद्यार्थी लक्षित कार्यशाला पनि हुनेछ, जसलाई निश्चल बस्नेत दयाहाङ राई, ऋचा शर्मा र दीपकराज गिरीले सम्बोधन गर्नेछन् । अन्तिम दिनको पहिलो सेसनमा सेसनमा राजन कठेतले चलचित्र अध्ययनपछिका अवसरको बारेमा कुरा गर्नेछन् । यो सेसनमा शिशिर बिशंखे, दिकेश खड्गी, अङ्कित पौडेल र निगम भण्डारीले आफ्ना अनुभव साटासाट गर्नेछन् ।

दिनको दोस्रो सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले चलचित्र सम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा निर्देशक छिरिङ रितार शेर्पा विदेशी चलचित्र मेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग चलचित्र को–प्रोडक्सनको सम्भावनाको बारेमा छलफल गर्नेछन् । दिनको अन्तिम सेसन चलचित्र देखाएर सकिनेछ । अन्तिम दिन राजकुमार राई, बिजेश महर्जन र निपिल शर्मा निर्देशित फिल्म देखाइनेछ भने चलचित्र प्रदर्शनपछि उत्पल झाले उनीहरूसँग अन्तरक्रिया गर्नेछन् । नेपाली फिल्म इन्डस्ट्रीलाई र वर्तमान अवस्थालाई नजिक बाट नियाल्न उपयोगी हुने यस फेस्टिभल अस्कर कलेजको फेसबुक पेज तथा युट्युबमा लाइभ हेर्न पाइने