रानी शाक्य र विक्रम थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युबमा म्युजिक भिडियो सहित सार्वजनिक भएको ‘फापरको रोटी’ बोलको गीतमा गणेश सुबेदीको शब्द रहेको छ । गीतमा विक्रम थापाले सङ्गीत भरेका छन् । भिडियोमा अभिनेता पुष्प खडका र मोडेल गरिमा शर्मा फिचर्ड छन् । सुबोल थापाले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । आफूलाई मन परेको मायालुसँग जुनी कटाउने र इतिहास रच्ने भाव बोकेको गीतको भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।