नेपाल चलचित्र कलाकार संघ १ नम्बर प्रदेश शाखा गठन भएको छ । नेपाल चलचित्र कलाकार संघ (फान) का केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा इटहरीमा एक विशेष कार्यक्रम आयोजना गरी २१ सदस्य कमिटी गठन भएको हो । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा प्रेषित प्रेस विज्ञप्तिमा जनाइए अनुसार चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्वान्चलका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । इटहरीको मनशान्त होटेलमा एक कार्यक्रमका बिच कमिटी गठन गरिएको हो । कार्यसमितिको सहसंयोजकमा कलाकार तथा फिल्मकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोइराला चयन भएका छन् । यस्तै, सदस्यहरूमा धर्मेन्द्र आचार्य, भीम लामा, जतिन ताम्राकार, माधव पौडेल खत्री, लेजिना सुवेदी, रेस्मा घिमिरे, प्रबल दीप विश्वास, नवीन सुब्बा, रेखा लिम्बू रहेका छन् ।
अन्य सदस्यहरूमा गणेश राउत, मिलन सुवेदी, हरि प्रसाद सुब्बा, मेघराज लिम्बू (गोपाल), श्याम कटुवाल, ईश्वर गुरुङ, सुजन ढकाल, शारदा शाक्य, ममता चौधरी र तुलसी घिमिरे रहेका छन् । केन्द्रीय अध्यक्ष रविन्द्र खड्काले प्रदेश नम्बर १ मा अत्यन्तै चर्चित, लोकप्रिय, थुप्रै कलाकर्मीको खानिमा पहिलो पटक सबैलाई समेटेर शाखा खोल्न पाएकोमा गौरवान्वित महसुस भएको बताए । उनले यो समितिमा अझै पनि इच्छुक तथा समय प्रदान गर्न सक्ने चलचित्रकर्मीलाई समेट्न सकिने बताए ।