सफल म्युजिक भिडियो 'बैगुनी १' को दोस्रो भाग सार्वजनिक भएको छ । मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको 'बैगुनी २ शीतल छायालाई' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । यस म्युजिकल फिल्ममा शब्द तथा सङ्गीत बदल घिमिरेको रहेको छ । भिडियोमा पल शाह, प्रियना आचार्य, कमलमणि नेपाल, रामभजन कामत र गीतकार बादल घिमिरेको अभिनय रहेको छ । यस म्युजिकल फिल्मलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । हितको मायालाई कहिल्यै भुल्न नसक्ने भाव रहेको गीतले प्रेममा चोखो मायामा परिवारले अवरोध जनाउँदा प्रेमी प्रेमिकाले भोगेका पिडा गीत ले बोलेको छ । गीतले पिडा मात्र होइन कसरी परिवारले आफ्ना सन्तानलाई बाजीमा राख्छन् भन्ने यथार्थ पनि बोकेको छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भने विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।