अभिनेता पल शाह र रियाशा दाहाललाई म्युजिक भिडियोले जोडिदिएको हो । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । जसको प्रतिफल यि दुईलाई एक पछि अर्को म्युजिक भिडियोमा एकसाथ काम गर्ने अवसर जुरिरहेको छ । अभिनेता पल चलचित्रबाट मात्र नभएर म्युजिक भिडियोबाट दर्शकले निकै रुचाएका कलाकार हुन् । साथै हास्य प्रधान वेब सिरिजबाट दर्शकको मन जितेकी रियाशालाई म्युजिक भिडियोले चर्चाको शिखरमा पुर्‍याएको छ । हरेक दिन जस्तो उनी अभिनीत म्युजिक भिडियो सार्वजनिक भइरहन्छन् । यि पछिल्लो समयका निकै लोकप्रिय र दर्शकले बारम्बार पर्दामा एकसाथ देख्न चाहेका पल र रियाशा फेरी एक म्युजिक भिडियोमा एकसाथ प्रस्तुत हुने भएका छन् । बुधवार छायाङ्कन गरिएको भिडियोमा उनीहरू दुलाहा दुलहीको रूपमा देखिएका छन् । पञ्चेबाजा सहित विवाहको माहौलमा खिचिएको भिडियो छिट्टै नै रिलिज हुने बताइएको छ । हेरौँ पल र रियाशाको बेहुला बेहुली स्वरुप र यसबारे उनीहरूको भनाइ ।