प्रिज्मा, प्रिन्सी खतिवडा र अभिनेता नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'सुनरीमै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । गायक प्रमोद खरेल र गायिका मेलिना राईले आवाज दिएको गीतमा गीतकार विश्व गौडेलको शब्द रचना रहेको छ । गीतमा दीपक शर्माले सङ्गीत भरेका छन् । नजिक हुन मन लागेको र माया लाउन मन लागेको भन्ने भाव बोकेको गीत निकै रमाइलो रहेको छ ।
गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ । जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन् । यस डान्सिङ्ग बिट भएको तथा एउटा सिङ्गो कथा बोकेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । भने भिडियो सम्पादन नवीन निरौलाको हो ।