नेपाली फिल्म इन्डस्ट्रीकी आमा अभिनेत्री मानिने अभिनेत्री मिथिला शर्माको आज जन्मदिन परेको छ । आफ्नो अभिनय कौशलले दर्शकलाई बाँध्न सफल र दर्शकको मनमा बस्न सफल शर्मा आजबाट ५७औँ वर्षमा प्रवेश गरेकी छन् । २०२० साल असोज ३० गते काठमाडौँमा जन्मिएकी उनले वि.सं. २०४२ मा निर्माण भएको चलचित्र 'विश्वास' बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यस चलचित्रलाई चेतन कार्कीले निर्देशन गरेका थिए । विगत ३५ वर्षदेखि अभिनयको दुनियाँमा रमाइरहेकी शर्माको अभिनय क्षमताको दाँजोमा आउन सक्ने अभिनेत्री निकै कम छन् । डेढ सयभन्दा बढी चलचित्रमा अभिनयाँ गरेकी उनले दर्जनौँ नाटकमा समेत अभिनय गरिसकेकी छिन् भने उनी नृत्य कलामा पनि निपुर्ण छिन् ।

मिथिलाले अभिनय गरेका मध्य विश्वास, सुख–दुःख, पच्चिस वसन्त, भुमरी, चेली बेटी, अधिकार, लहना, जे भयो राम्रो भो, मुगलान, दुनियाँ, नाइँ नभन्नू ल, मिस्टर मङ्गले, आधा लभ, अझै पनि, मंगलम, कोहिनुर, उमा लगायत निकै सफल र चर्चित चलचित्र हुन् । पछिल्लो समय उनले मुख्य भूमिका निभाएको चलचित्र 'आमा'ले दर्शक तथा समीक्षकको उत्कृष्ट प्रतिक्रिया पाएको थियो. आज पनि आफ्नो भूमिकालाई शतप्रतिशत न्याय गरेर अभिनयमा सक्रिय जीवन बिताइरहेकी अभिनेत्री मिथिला शर्मालाई जन्मदिनको असीम शुभकामना!