चलचित्र ‘भाँडाकुटी’को निर्माण घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिकामा रहने छन् । वैवाहिक परिवेश र सामाजिक परिस्थितिको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बिकले निर्देशन गर्दै छन् । आगामी फागुनबाट बुटवल आसपासका क्षेत्रमा खिचिने यस चलचित्रको कथा पनि निर्देशक विकले नै लेखेका हुन् । सामाजिक कथालाई फरक र सुन्दर शैलीमा प्रस्तुत गर्न आफूले यस चलचित्रको लागी पूर्ण रूपमा कोसिस गर्ने निर्देशक विकले बताएका छन् । ‘भाँडाकुटी’मा निशल पौडेलको छायाङ्कन, राजकुमार दर्जीको कोरियोग्राफी, भीम बिकको सम्पादन रहनेछ ।