गायक तथा सङ्गीतकार टंक बुढाथोकीको नयाँ गीत 'झिम झिम परेली' शनिवार सार्वजनिक गरियो । गीत सार्वजनिक भएको एक दिनमै नेपाली युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । गीतमा टंक सँगै कविता सिवाकोटीको स्वर रहेको छ भने गीतमा टंक आफैले शब्द तथा सङ्गीत भरेका छन् । दर्शकले गीतको भिडियो निकै मन पराएका छन् । साथै भिडियोमा कलाकारले गरेको कामको पनि तारिफ गरेका छन् । यस म्युजिक भिडियोमा अभिनेता पल शाह र बाल गायक अशोक दर्जी फिचर्ड छन् । भिडियोमा अशोक दर्जी पल शाहको बाल्यावस्थाको भूमिकामा छन् । साथै भिडियोमा कसेसा पौडेल र सलिजा ओलीको पनि अभिनय रहेको छ । बाल गायक अशोक दर्जी भिडियोमा देखिए पनि गीतमा उनको स्वर भने छैन । गीतको भिडियो नितीन चन्दले निर्देशन गरेका हुन् भने सुबोल थापिले नृत्य निर्देशन गरेका हुन् ।