वरिष्ठ हाँस्य कलाकार, निर्माता तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक परेको छ । आइतबार रातको ११ बजे उनकी १०० वर्षीय आमाको निधन भएको हो । हेटौडामा रहँदै आएकी पौडेलकी आमाका ४ छोरा र २ छोरी छन् । आमाको निधन बारे पौडेलले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । उनले निकै भाव विह्वल भएर एउटा छोराले गर्ने कर्तव्य आफूले पुरा गर्न सकेको या नसकेको थाहा नभएको र १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिइरहनुभएकी आमालाई बचाउन नसकेकोमा माफी समेत मागेका छन् । पौडेलकी आमा विसं १९७७ फागुनमा जन्मनु भएको थियो ।