बलिउडका तिन चर्चित अनुहार रणवीर कपुर, आलिया भट्ट र दीपिका पादुकोणलाई एकसाथ पर्दामा देख्न पाइने भएको छ । उनीहरूलाई पहिलो पटक एउटै स्क्रिनमा जुटाएका हुन् निर्देशक संजयलिला भन्साली । भन्सालीले निर्देशन गर्ने चलचित्र 'बैजु बावरा' मा रणवीर, आलिया र दीपिका फाइनल भैसकेका छन् । चलचित्रको यति बेला प्रोडक्सनको काम भइरहेको छ । दुई अभिनेता र दुई अभिनेत्री मुख्य भूमिकामा रहने चलचित्रमा रणवीर र आलियाको जोडी बाँधिने छ भने दीपिकाको अपोजिटमा हुने अभिनेता भने पक्का भैसकेका छैनन् । 'बैजु बावरा' सन् १९५२ मा बनेको चलचित्र हो जसलाई विजय भट्टले निर्देशन गरेका थिए । संजयलीलाले यसै चलचित्रको रिमेक निर्माण गर्न लागेका हुन् ।