नेपाली चलचित्र क्षेत्रमा दुई चलचित्र जुध्नु सामान्य नै मानिन्छ । प्राय जसो हरेक साता दुई नेपाली चलचित्रहरु एकसाथ प्रदर्शन हुँदै आइरहेको छ । वर्षको सुरुवातमा एकसाथ ३ चलचित्र प्रदर्शनमा आए । त्यसयता हरेक साता जसो चलचित्रहरु जुध्दै आइरहेका छन् । साउन महिनमा मात्र आधा दर्जन भन्दा बढी चलचित्र प्रदर्शन भइसकेका छन् भने भदौ महिना लगभग एक दर्जन चलचित्र प्रदर्शन हुदैँ छ ।
यस वर्ष प्रतिक्षित मानिएको रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’, अनमोल केसी अभिनित चलचित्र ‘कृ’ एकसाथ प्रदर्शनमा आउने भनिएको थियो । कात्तिक २ मा ‘रुद्रप्रिया’ र कात्तिक ३ मा ‘कृ’ प्रदर्शनमा आउने तयारीमा रहेता पनि अनमोलको ‘कृ’ पछि सरेको छ । दुई पल्ट प्रदर्शन मिति सारेको ‘कृ’ सुटिङको सुटिङ सम्पन्न हुनलाई अझै समय लाग्ने कारणले प्रदर्शन मिति सारिएको निर्माता तथा अभिनेता भुवन केसीले जानकारी दिएका छन् । त्यस्तै अनमोलको कृ सरे सँगै रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्य’ कात्तिक २ मा पुगेको छ ।
छायाङ्कन सुरु हुनु अघि नै प्रदर्शन मिति तय गरिएको रुद्रप्रियामा रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ । करिब सात वर्षको बोलचाल बन्द पछि यी दुई एक साथ चलचित्र रुद्रप्रियामा देखिन् लागेका हुन् । यता लामो समय चलचित्र क्षेत्रबाट हराएका अभिनेता रमेश उप्रेतीको लगानीमा बनेको चलचित्र ‘एश्वर्य’ मा केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।