बलिउडको सफल चलचित्र 'बधाई हो'को सिक्वेल बन्ने पक्का भएको छ । सन् २०१८ मा रिलिज भएको व्यापारिक हिसाबले सफल चलचित्रको सिक्वेलको आधिकारिक निर्माणको घोषणा गरिएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता राजकुमार राव र नायिका भूमि पेडणेकरले काम गर्ने पक्का भएको छ । 'बधाई हो' कै निर्माण कम्पनी जङ्गली पिक्चर्सले निर्माण गर्ने सिक्वेलमा नायक राव प्रहरी अफिसर्सको भूमिकामा देखिँदै छन् । 'बधाई दो' नाम राखिएको चलचित्रमा नायक आयुष्मान खुराना र नायिका सान्या मल्होत्राले काम गरेका थिए । महिला थानामा एक्लो प्रहरी अफिसर्सको भूमिकामा देखिन लागेका राजकुमारको भूमिका रोचक रहेको बताइएको छ । अक्षत घिल्डियाला र सुमन अधिकारीले लेखेको चलचित्रको कथालाई हर्षवर्धन कुलकर्णीले निर्देशन गर्दै छन् ।