हेमन्त कान्छा रसाइलीले 'बहिनी' बोलको गीत लिएर आएका छन् । गीतमा सतिश अधिकारीको शब्द रहेको छ भने गायक हेमन्तकै सङ्गीत रहेको छ । दाजु बैनीको बिछोडको पिडा समेटिएको गीतको भिडियोमा जीवी चिरन, सुजल बम, समीक्षा पोखरेल, निना बुढाथोकी फिचर्ड छन् । आइतबार युट्युबमा सार्वजनिक गरिएको म्युजिक भिडियो प्रकाश खड्काले खिचेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन् । गीत तथा भिडियो निकै मार्मिक रहेको छ ।