नेपाली साङ्गीतिक क्षेत्रलाई एकपछि अर्को चर्चित गीत दिइरहेका राजनराज सिवाकोटी र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सोमबार ‘जाऊँ माया जाऊँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक सार्वजनिक गरिएको हो । गीतमा राजनराजकै शब्द सृजना र सङ्गीत रहेको छ । नायिका आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारको अभिनय रहेको भिडियोलाई विशाल महराले कोरियोग्राफी गरेका छन् । भने गीतको भिडिओलाई नितिन चन्दले निर्देशन गरेका हुन् । प्रेम भाव रहेको सो गीतमा सहरको सुख सुविधालाई त्यागेर गाउँघरमा जाने प्रसङ्गलाई कलात्मक रूपमा प्रेम भावलाई दर्साइएको छ । जसमा आँचल र जेपी शाहले अभिनयमार्फत गीतलाई जीवन्त मात्रै दिएका छैनन्, भिडिओलाई आकर्षक पारेका छन् । रुपेश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।