गौरव पहाडी र प्रियाना आचार्य अभिनीत दशैँ तिहार गीत सार्वजनिक भएको छ । राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त सङ्गीतमा तयार भएको गीत 'वर्षमा दिन पछि' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । दशैँ तिहारको कोसेली स्वरुप सार्वजनिक गीतमा वर्षाना ट्रायम्फ ब्यान्डको प्रस्तुति रहेको छ । गीतको भिडियोमा गौरव र प्रियाना दाजु बहिनीका रूपमा प्रस्तुत भएका छन् । विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढङ्गले गीतमा प्रस्तुत गरिएको छ । निर्देशक दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा दशैँ र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ। गीतमा गौरव र प्रियानाको साथमा कमलमणि नेपाल खुपीका बा को पनि अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियाग्राफी रहेको गीतलाई पवन सुस्लिङले भिडियोलाई खिचेका हुन् । चन्दन दत्तको रङ्ग संयोजन तथा सम्पादन रहेको गीतको भिडियो कोहो प्रोडक्सन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।