गत वर्षको ब्लक्बस्टर चलचित्र 'छ माया छपक्कै' को सिक्वेल बन्ने भएको छ । यस चलचित्रको निर्माण बारे चलचित्रकी निर्देशक कलाकार दीपाश्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् । उनले छ माया छपक्कै टिमसँगको एक तस्बिर सेयर गर्दै 'छ माया छपक्कै २' लिएर आउने बताएकी हुन् । चलचित्रको लागी अभिनेता अनमोल केसीसँग मौखिक कुरा भएको निर्माता रोहित अधिकारीले बताएका छन् । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् भने लामाले स्क्रिप्ट पनि तयार पारिरहेका छन् । यता दीपक र दीपा भने 'छक्का पन्जा ४' को तयारीमा छन् । बुझिए अनुसार छक्का पन्जा ४को काम सकिए पछि छ माया छपक्कैको काम अगाडी बढ्ने छ । एकै चोटि दुई ठुला चलचित्रको तयारीमा रहेको यो टिमले चलचित्र कहिले प्रदर्शन गर्ने भन्ने निर्णय लिइसकेको छैन ।