अभिनेता पल शाह र मोडल कलाकार रियाशा दाहाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन देखी चर्चामा आएको पल र रियाशाको दुलाहा दुलही स्वरूपको पछाडिको कहानी लुकेको म्युजिक भिडियो 'माछी भुल्यो' सोमबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा प्रभवन जे र दीपसिखाको स्वर रहेको छ । भने माधव बहादुर थापा र गायक प्रभवनको शब्द रहेको गीतमा गायक प्रभवनले सङ्गीत भरेका छन् । गीत एरेन्ज जीवन बाबुले गरेका हुन् । यसै भिडियोको लागी पल र रियाशाले विवाह गरेका हुन् ।

म्युजिक भिडियोलाई प्रभवन जेले नै निर्देशन गरेका हुन् । भने कोरियोग्राफी सन्तोष राजवाहकको देख्न सकिन्छ ।  ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको भिडियोलाई दिन्सोन शाहले सम्पादन गरेका हुन् । भिडियोमा पल र रियाशाको प्रेमदेखी वैवाहिक जीवनको कथा समेटिएको छ । गीत को अडियो तथा भिडियो सुन्दर बनेको छ ।