मोडलिङको साथै चलचित्रमा पनि आफ्नो राम्रो छाप छोडेका नायक पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्रको पर्दामा पुजा शर्माको अँगालोमा बेरिएर चर्चामा आएका पलले म्युजिक भिडियोमा मोडल जुना सुन्दाससँग रोमान्स गरेका छन् ।

 

किरण भुजेलको स्वरमा रहेको गीत ‘बरिलै’मा पलको अभिनय रहेको छ । गीतमा डि.पी. खनालका शब्द, शंकर थापा ’स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।