अभिनेत्री केकी अधिकारी र गौरव पहाडी फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । 'जहाँ छोड्यौ तिम्ले' बोलको गीतको म्युजिक भिडियो मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र सङ्गीत दिवान किनारको रहेको छ । गीतलाई सङ्गीत संयोजन समेत संगितकार किनारले नै गरेका हुन् । भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ । पशुपति म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायाङ्कन गरेका भिडियोमा ज्वतीको मेकअप र सम्पादन निर्देशक कस्यपकै देख्न सकिन्छ । प्रेम धोका अनि सपनाको कथा बोकेको गीत निकै मार्मिक छ ।