आशिष सचिन र रेश्मा पुनको स्वरमा नयाँ गीत रिलिज भएको छ । 'पानी बादलु' बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा सङ्गीत दीपक शर्माको रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक डान्सिङ नम्बरमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माले कम्मर मर्काएका छन् । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ । गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् । यस अगि पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यौरी जस्ता गीत ले दर्शकको मन जितेका आशिषले यस गीतलाई पनि दर्शक श्रोताले माया र साथ दिनेमा आशावादी रहेको बताउँछन् ।