बलिउड अभिनेता अक्षय कुमारको आगामी चलचित्र 'लक्ष्मी बम' विवादमा तानिएको छ । केही दिन अघी चलचित्रको ट्रेलर रिलिज गरिएको थियो । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको विभिन्न पक्षलाई लिएर विवाद सृजना भएको थियो । यति बेला चलचित्रको नाम र कथामा विभिन्न व्यक्ति तथा सङ्गठनहरूले आपत्ति जनाइरहेका छन् । विवाद कै क्रममा हिन्दु सेना नामक एक सङ्गठनले सूचना एवं प्रसारण  मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेर फिल्मको बारेमा उजुरी गरेको छ । उजुरीमा चलचित्रको नाम परिवर्तन गर्न पनि माग गरिएको छ । चलचित्रको टाइटल 'लक्ष्मी बम'ले हिन्दुको भावनामा ठेस पुर्‍याएको हिन्दु सेनाको टिप्पणी छ । भने निर्मातामाथि पनि उचित कारबाहीको माग गरेको छ ।

माग पूरा गरिएन भने हिन्दु सैनिकले चलचित्रको विरोध गर्ने जनाएको छ । सङ्गठनले पटाएको पत्रमा प्रदर्शन अगाडि चलचित्रको नाम परिवर्तन नगरिए सबै हिन्दु धर्मसँग जोडिएका व्यक्तिहरूसँग यस चलचित्र बाइकटको अपिल पनि गरिएको छ । चलचित्रको नाम हिन्दु देवी लक्ष्मीको नाममा राखिएको र धनको देवी मानिने लक्ष्मीको नामसँग 'बम' जस्तो शब्द जोड्नु आपत्तिजनक भएको बताइएको छ । चलचित्रको नाम नै हिन्दुहरूलाई उक्साउनका लागि राखिएको हिन्दु सेनाको आरोप सेनाले लगाएको छ ।