सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' मा आधारित चलचित्र 'समर लभ' अब घरमा नै बसेर हेर्न मिल्ने भएको छ । यस चलचित्र यही फूलपातीबाट डिसहोम मार्फत सार्वजनिक हुने भएको हो । चलचित्रका निर्देशक मुस्कान ढकालले फिल्म दसैँको अवसर पारेर स्याटलाइट मार्फत दर्शकमा जाने जानकारी दिएका छन् । यस चलचित्र फूलपातीदेखि डिसहोमको च्यानल नम्बर ८ मा पैसा तिरेर हेर्न सकिनेछ । ढकालले दसैँमा फिल्म हेर्ने दर्शकको परम्परालाई जीवन्त राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए । यस वर्षको दसैँमा महामारीका कारण नयाँ फिल्म रिलिज हुन नसकेका कारण दर्शक निराश हुनु नपरोस् भन्ने उद्देश्यले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेको उनले ब ताएका छन् । २ सय २५ मा सपरिवार फिल्म हेर्न सकिनेछ । चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको छ ।