नव गायक प्रमोद महतको स्वरमा रहेको गीत ‘ए कान्छी ’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रमोद महत तथा सुजन खुलालको शब्द र पुस्कर सुनुवारले सङ्गीत भरेका हुन् ।
सबिन अधिकारीको निर्देशन र जुनु बिकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ ,नरेन्द्र महर्जन ,करण खतिवडा र सोमु गुरुङको अभिनय रहेको छ। सौर्यल थापाको प्रस्तुति रहेको गीतको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने निर्माण धन्ननजय महत ले गरेका हुन् ।