वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । आचार्यले बिहीबार सामाजिक सञ्जाल मार्फत आफूहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले यस जानकारीसँगै माया दिने सबैलाई धन्यवाद पनि दिएका छन् । १६ दिन अगाडि कोरोना रिपोर्ट पोजेटिभ आएका आचार्य दम्पती घरमा नै होम आइसोलेसनमा बसेका थिए । हरिवंशले होम आइसोलेसनमा बस्दा कोरोनालाई सामान्य नठान्न आग्रह गरेका थिए । र यस वर्षको दशैँ पनि आ आफ्नो घरमा परिवारको साथमा मनाउन आग्रह गरेका थिए । हरिवंश र रमिलाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरूको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।