प्रताप दास र एन्जिला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'पावरवाला चस्मा' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । भीम विसीको शब्द तथा सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा सहिन प्रजापति, अनिता बस्नेत, कुशल विष्ट, आश्मा गिरीका साथै गायक प्रताप र एन्जिलाको पनि अभिनय रहेको छ । सहिन प्रजापतिले निर्देशन गरेको भिडियोमा सियोन श्रेष्ठले कोरियोग्राफी देख्न सकिन्छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । यस अघी प्रताप र एन्जिलाले 'बस बस रे' बोलको गीतमा आवाज दिएका थिए ।