'को होला त्यो मसँग आँखा जुधाउने', 'रोगै पिरती', 'सोल्टिनी भनी बोलाको', 'मुग्लान' लगायतका चर्चित गीतका गायक सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत 'मसला' सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि सङ्गीत सृजनामा निकै तल्लीन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको 'मसला'मा सुनिललाई स्वरमा साथ गायिका एलिना चौहानले दिएकी छिन् ।
भिडियोमा सुधिर श्रेष्ठ, बुद्धि तामाङ, नायिका जेबिका कार्की र विशाल रेग्मीको अभिनय रहेको छ । गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधिर र जेबिकाको जोडी गज्जब जमेको छ ।
सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायाङ्कन चर्चित छायांकार हरि हुमागाईँले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिल कै च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
र यो पनि ......
कृष्ण र पवनको आवाजमा दसैँ तिहार गीत (भिडियो)
नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । नेपालीहरूको महानपर्वको रूपमा हेरिने दसैँ र तिहारलाई हर्सोलासका साथ मनाइन्छ ।यद्यपि आफ्नो घरपरिवारबाट टाढा रहनेले यस चाडपर्वमा महसुस गर्ने पिडालाई गीतमा दर्साइएको छ ।
गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको सङ्गीत रहेको छ । गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ ।
भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् । दसैँ र तिहार आफ्नो परिवार भन्दा पर रहनेको कथा गीत मार्फत व्यक्त गर्ने प्रयास गरेको गायक कृष्णले बताए । ‘हामीले यो महानचाडको अर्को पक्षलाई देखाउने प्रयास गरेका छौँ’ उनले भने ,’किनकि आफ्नो परिवारको खुसीको लागि पर रहेर सङ्घर्ष गर्ने धेरै छन् ।’