गायक पृथ्वी खनाल र मेचु धिमालको स्वरमा रहेको 'मलमल कुर्तावाली' बोलको गीत सार्वजनिक गरिएको छ । गीत गायक खनालकै युट्युब च्यानल पृथ्वी खनालबाट सार्वजनिक भएको हो । गीतको म्युजिक करण राज कार्कीले दिएका छन् भने शब्द लेखु सहयात्रीको रहेको छ ।

'मलमल कुर्तावाली'लाई रेकर्ड राजेश श्रेष्ठले गरेका हुन् भने निर्माण ग्रिष्मा भट्ट र गिरिश भट्टले गरेका हुन् ।

 

त्यस्तै भिडियो सम्पादन अनिल के मानन्धरको रहेको छ भने ड्रोनबाट भिडियोको सहयोग अविनाश मानन्धरले गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।