संचारकर्मी रवी लामिछाने र उनीकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । रबिले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफु र आफ्नो श्रीमतीमा कोराना पोजेटिभ देखिएको जानकारी दिएका छन् । मंगलवार रातिबाट हल्का ज्वरो आएको र पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिएको उनी लेख्छन् । दुवैको स्वस्थ सामान्य रहेता पनि आफुलाई पेशागत क्रियाकलाप र आफ्नै लापरवाहीले गर्दा संक्रमण भएको हुन सक्ने उनी बताउछन् । रिले स्टाटसमा बृद्धअबस्था भएका घरमा लापरवाही नगर्न अनुरोध गरेका छन् ।

रबि लामिछाने दम्पतिलाई कोरोना संक्रमण