एक साताअघि युट्युबमा रिलिज गरिएको ‘पारा’ बोलको गीतबाट र्यापर भिटेन फेरी एक पटक झमेलामा परेका छन् । भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।
बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।
एक वर्षअघि पनि र्यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो।
साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बतायो।