बलिउडका किङ्ग खान शाहरुख खान आज नोभेम्बर २ मा ५५ औँ जन्मदिन मनाउँदै छन् । जसरी शाहरुखको लागी यो दिन बिशेष छ त्यसरीनै उनका फ्यानहरु पनि यो दिनलाई पर्व जसरी मनाउँदै आएका छन् । आफ्नो प्यारो सुपरस्टारको जन्मदिनलाई बिशेष बनाउन उनको एक फ्यान ग्रुपले ५ हजार ५ सय ५५ वटा कोविड किट दान गरेका छन् । भारतिय संचारमाध्यमका अनुसार उक्त किटमा माक्स, स्यानिटाइजर र खाना हुनेछ । शाहरुख़को जन्मदिनमा हरेक बर्ष उनको घर ‘मन्नत’ को अगाडी जन्मदिनको शुभकामना दिन लाखौँ फ्यान जम्मा हुने गर्छन् । तर यसपटक शाहरुख आफैले कोरोला महामारीको कारण जम्मा नहुन अनुरोध गरेका थिए । हाल शाहरुख आफ्नो क्रिकेट टिमको हौसला बढाउनको लागी दुबइमा छन् ।