चलचित्र निर्देशक दिपेन्द्र के. खनाललाई पितृ शोक परेको छ । निमोनियाबाट ग्रसित खनालका पिता श्याम कुमार खनालको ६६ बर्षको उमेरमा बुधबार निधन भएको हो । उनको उपचारको क्रममा मनमोहन अस्पतालमा निधन भएको हो । खनालले पछिल्लो समय  चलचित्र 'आमा' निर्देशन गरेका थिए । हाल उनि ‘चिसो मान्छे’ नामक चलचित्रको तयारीमा व्यस्त छन् ।