गत ३ हप्तादेखि होम आइसोलेसनमा बसेकी अभिनेत्री ॠचा शर्माले आफूले कोरोना जितेको बताएकी छिन् । तीन हप्ता अगाडि कोरोना सङ्क्रमण पुष्टि भएकी ॠचाले घरमा नै बसेर कोरोना जितेकी हुन् । पछिल्लो कलाकारहरु एक पछि अर्को गर्दै सङ्क्रमित भइरहेका छन् । गत मङ्गलवार गराएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनले फेसबुकमार्फत आफू कोरोनामुक्त भएको जानकारी गराएकी हुन् । साथै उनले कोरोना महामारीबाट आफ्नो र परिवारको सुरक्षा गर्नु सम्पूर्णको दायित्व भएको सामाजिक सञ्जाल मा उल्लेख गरेकी छिन् । उनले सबैलाई यस महामारीबाट बच्न 'कोरोनाबारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाङडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म सबैसँग अनुरोध गर्दछु ।' लेखेकी छिन् । उनले अग्र पङतिमा रहेर सङ्क्रमितको सेवा गर्ने सबैलाई नमन गरेकी छिन् भने सबैलाई सतर्क रहन अपिल गरेकी छिन् ।