नायिका आँचल शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाँध मायाले ‘ बोलको गीतमा स्वर प्रताप दास र प्रविशा अधिकारीले दिएका छन् । गीतको भिडियोमा नायिका आँचल शर्मासँग मोडल बिनोद बस्नेतको अभिनय रहेको छ । भिडियोमा दुवै निकै रोमान्टिक मुडमा देखिन्छन् । भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सफल चलचित्र निर्देशक चाम्स पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त छन् । यो गीतमा शब्द हेम कुमार बिष्टको रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । राम कुमार केसीको सम्पादन रहेको भिडियोको कोरियोग्राफ़ी कविराज गहतराजले गरेका हुन् । भिडियोको सम्पादन सन्देश शाहले गरेका हुन् ।