पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका हास्यकलाकार सागर लम्साल उर्फ बलेको नयाँ भिडियो सार्वजनिक भएको छ। नायिका निता ढुङ्गानासँग उनको ‘मुटु जोडौला’ बोलको भिडियो सार्वजनिक भएको हो । यो गीतलाई ‘कहिले माया देखायौ २’ पनि भनिएको छ । सम्राट चौलाई र एलिना चौहानको आवाज रहेको सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । यसअघि सम्राट र एलिनाले ‘कहिले माया देखायौ’ ल्याएका थिए । जुन गीतले निकै चर्चा पाएको थियो । सार्वजनिक गीतमा संगीत गायक चौलाई स्वयमले भरेका छन् । गीतको भिडियोलाई भने सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको कोरियोग्राफ़ी निर्देशक बसेलले गरेका हुन् । भिडियोको सम्पादन र कलर भर्ने काम बिर बहादुर थारुले गरेका छन् ।