गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । आईतबार एक अनौपचारिक अन्तरक्रिया गर्दै ‘आऊ माया साथैमा’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा शब्द गंगा दुलालको रहेको छ भने संगीत र एरेन्ज राजेन्द्र बजगाईले गरेका हुन् । गीतको भिडियोमा क्राटुन क्रुजको सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सिलन लम्सालको रहेको छ ।