निर्देशक विशाल भण्डारीले आफ्ना नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । यति बेला कमेडी च्याम्पियनको सिजन–२ को अन्तिम तयारीमा जुटेका भण्डारीले केही दिनअघि फेसबुकमा एउटा स्ट्याटस लेख्दै आफू कमेडी च्याम्पियनको नयाँ सिर्जनासँगै थप केही सिर्जनात्मक कार्यहरूमा व्यस्त भएको जानकारी दिएका छन् । उनले , 'केही महिनापछि एउटा नयाँ फिल्मको निर्माणमा पनि जुटेको , निर्देशक भण्डारीले  बताएका छन् । 'तिहार लगत्तै उक्त फिल्मको नाम दर्ता गर्दै छु, यो रोमान्टिक कमेडी शैलीको फिल्म हुनेछ' लेखेका थिए । उनले आफ्नो आगामी चलचित्रमा अधिकांश कलाकार नयाँ रहने जनाएका छन् । निर्देशक भण्डारले चलचित्रको नाम सार्वजनिक नगरे पनि चलचित्रको नाम 'केटीएम द मुभी' हुने सङ्केत दिएका छन् । भण्डारीले फेसबुकमा लेखे झैँ केही नयाँ, केही उत्कृष्ट तथा मनोरञ्जनको धामाका ल्याउने योजना बनिरहेको बताएका छन् । उनले कमेडी क्याफे शीर्षकको टेलिभिजन कार्यक्रमको पनि घोषणा गरेका छन् ।

उनका अनुसार कमेडी च्याम्यिनसँगै यो नयाँ कार्यक्रम पनि सञ्चालनमा आउने छ । यसबाहेक उनले लिटिल चाम्स शीर्षकको अर्को एउटा रियालिटी शोका बारेमा समेत योजना बनाइरहेको उल्लेख गरेका छन् । फिल्मसहित भण्डारीको सबै प्रोजेक्टहरूमा अभिनेत्री द्वय केकी अधिकारी तथा रीमा विश्वकर्मा निर्माताको रूपमा सहकार्य गर्नेछन् । यि तीनको सहकार्यमा निर्माण गरिएको रियालिटी शो 'कमेडी च्याम्पियन'ले राम्रो सफलता हात पार्‍यो ।