आशिरमान देशराज जोशी र आना शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘ग्याङस्टर ब्लुज’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक भएको 'आधा कुरा' शुक्रबार सार्वजनिक भएको हो । बिछोडको पिडालाई देखाइएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिरमान, आना र संयम पुरीको अभिनय रहेको छ ।
हेमराज बिसी निर्देशित ‘ग्याङस्टर ब्लुज’को सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतमा एकतारेरकालीको शब्द र सनुप पौडेलको स्वर समावेश रहेको छ । सरोज न्यौपानेको निर्माण रहेको चलचित्रमा आशिरमान, आना र संयमको साथमा रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र भदौ २ बाट देशभर प्रदर्शनमा आउदै छ ।